document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1197;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । भाजपाका संस्थापक सदस्यसमेत रहेका जसवन्त सिंह ८२ वर्षका थिए ।
राजस्थानको बाडमेरका जसवन्त सिंहले विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनाका मेजर पनि थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेको उनको मृत्युमा गहिरो शोक व्यक्त गरेका छन् ।
मोदीले ट्वीटमा भने, ‘जसवन्त सिंहले हाम्रो राष्ट्रलाई पूरा लगनका साथ सेवा गरे, सुरुमा उनले सैनिकको रुपमा पछि राजनीतिसँग जोडिएर । अटलजीको सरकारमा असाध्यै महत्वपूर्ण विभाग सम्हाले र आर्थिक, रक्षा एवं विदेश मामिलामा संसारसामू एक बलियो छाप छोडे । उनको निधनले दुःखी छु ।’
त्यसपछि उनले अर्को ट्वीट गरे, जसमा उनले लेखे, ‘जसवन्त सिंहजीलाई उनको राजनीतिक र समाजिक मुद्दा मामिलामा अनौठो दृष्टिकोणका लागि स्मरण गरिनेछ । उनले बिजेपीलाई बलियो बनाउन योगदान गरे । उनको परिवार स समर्थकसँग मेरो समवेदना छ । ओम शान्ति ।’









