document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1114;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ र ४९ वर्षीया महिला रहेका छन् ।
प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाका अनुसार झापाको मेचीनगरकी ७२ वर्षीया महिलाको गएराति मृत्यु भएको छ । उनी आइतबारमात्रै कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनमा कुनै दीर्घरोग भएको जानकारी नभएको अस्पतालले जनाएको छ ।
यस्तै सुनसरीको इनरुवाकी ४९ वर्षीय महिलाको पनि सोमबार दिउँसो मृत्यु भएको छ । मिगौलाको समस्या भइ डायलाइसीस गराइरहेकी उनमा असोज १ गते कोरोना पुष्टि भएको थियो ।
हालसम्म प्रतिष्ठानको कोभिड अस्पतालमा ३० जनाको मृत्यु भइसकेको छ ।
साभारः रातोपाटी









