विशेष रिपोर्ट

आइपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा मुम्बई र चेन्नाई भिड्ने

657 Shares एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको १३ औँ सिजन शनिबारदेखि सुरु हुँदैछ। युएईको अबुधाबीमा साविक विजेता मुम्बई इण्डियन्स र उपविजेता चेन्नाई सुपर किङ्सबिच […]
[sharethis-inline-buttons]
आइपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा मुम्बई र चेन्नाई भिड्ने

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको १३ औँ सिजन शनिबारदेखि सुरु हुँदैछ।

युएईको अबुधाबीमा साविक विजेता मुम्बई इण्डियन्स र उपविजेता चेन्नाई सुपर किङ्सबिच आइपीएल १३ औँ सिजनको उद्घाटन खेल हुने छ।

यो खेल नेपाली समय अनुसार शनिबार राति पौने ८ बजे सुरु हुनेछ। नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र किंग्स इलेभन पञ्चावबीचको खेल आइतबार राति पौने आठ बजे हुनेछ।

कोरोना महामारीका कारण उत्पन्न परिस्थितिमा स्वास्थ्यप्रति उच्च सुरक्षा सतर्कता अपनाउँदै आएपीएलका खेल सञ्चालन हुँदै छन्। तर युएईमा अत्यधिक गर्मी खेलाडीहरुलाई नयाँ चुनौती बनेको छ।

अधिकांश खेलहरु सञ्चालन हुँदा मैदानमा तापक्रम ४० डिग्रीको आसपासमा रहने भएपछि खेलाडीहरु समस्यामा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

 

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर