विशेष रिपोर्ट

एकैदिन १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

657 Shares काठमाडौं- नेपालमा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ […]
[sharethis-inline-buttons]
एकैदिन १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- नेपालमा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५३९ संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २४२  रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ६८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४१ हजार ७०६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव ०५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर