विशेष रिपोर्ट

कर्णालीमा दुई हजार ५ सयले जिते कोरोना

657 Shares कर्णाली- कर्णाली प्रदेशमा  संक्रमण जितेर घर फर्कनेको संख्या दुई हजार ५०५ पुगेको छ । आज एकैदिनमा कर्णालीमा ११० जना डिस्चार्ज भएसँगै कुल संक्रमितमध्ये […]
[sharethis-inline-buttons]
कर्णालीमा दुई हजार ५ सयले जिते कोरोना
Covid Corona Virus in Real 3D Illustration concept to Describe about Corona Virus anatomy and type.

कर्णाली- कर्णाली प्रदेशमा  संक्रमण जितेर घर फर्कनेको संख्या दुई हजार ५०५ पुगेको छ ।

आज एकैदिनमा कर्णालीमा ११० जना डिस्चार्ज भएसँगै कुल संक्रमितमध्ये करिब ९० प्रतिशत कोरोना जितेर घर फर्केको सामाजिक मन्त्रालय जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

आज १० व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या दुई हजार ७८६ पुगेको छ । दुई सय ४५ संक्रमितको यहाँका विभिन्न आइसोलेशनमा उपचार भएको बताइएको छ । अधिकृत कँडेलका अनुसार कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ मै स्थिर छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर