विशेष रिपोर्ट

सप्तरीमा एक बेबारिसे बालकको उद्धारः आफन्तको खोजी जारी

657 Shares सप्तरी- सप्तरीको खडक नगरपालिका-८ कल्याणपुरस्थित हटिया बजारबाट आज एक बालकको उद्धार गरिएको छ । उद्धार गरिएका बालकलाई संरक्षणका लागि कञ्चनरुप नगरपालिकास्थित बालगृह आश्रममा […]
[sharethis-inline-buttons]
सप्तरीमा एक बेबारिसे बालकको उद्धारः आफन्तको खोजी जारी

सप्तरी- सप्तरीको खडक नगरपालिका-८ कल्याणपुरस्थित हटिया बजारबाट आज एक बालकको उद्धार गरिएको छ ।

उद्धार गरिएका बालकलाई संरक्षणका लागि कञ्चनरुप नगरपालिकास्थित बालगृह आश्रममा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए ।

बोल्न नसक्ने, मानसिक सन्तुलन ठीक नभएको, चार फिट उचाइ भएको, चिउडोमा खत भएको र हेर्दा तराईमूलको जस्तो देखिने करीब १२ वर्षीय ती बालकलाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेपनि परिचय भने खुल्न सकेको छैन । बालकका आफन्तको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर