document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 954;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- अमेरिकी राष्ट्रपति ट्रम्पका लागि यो वर्ष निकै कष्टकर रह्यो । महाअभियोग र महामारीभन्दा पनि माथि उनको सम्पत्तिमा करिब २० प्रतिशतको कमी आएको छ ।
उनको सम्पत्ति एकै वर्षमा २.५ बिलियन डलर (२ खर्ब ९३ अर्ब) बाट झरेर ६ सय मिलियन डलर (६० अर्ब) मा झरेको छ । यससँगै उनी द फोर्ब्स ४००को सूचीमा ३ सय ३९ औं स्थानमा धकेलिएका छन् । गत वर्षभन्दा ६४ स्थान मुनी ।
कोरोनाभाइरसले उनलाई राष्ट्रपति चुनावको प्रतिस्पर्धामा मात्रै चुनौती थपेको छैन यसले उनको लगानी रहेको थुप्रै उद्योगलाई ठूलो धक्का दिएको छ । ठूला कार्यालय भवनको मूल्यमा गिरावट आएको छ । ठूला शहरमा भएका होटलको पनि त्यस्तै हाल छ । डिसी र सिकागोमा रहेको सम्पत्तिमा ट्रम्पको ठूलै ऋण छ । यी दुबै अहिले पानीमुनी रहेको बताइएको छ ।
यसका साथै ट्रम्पको म्यानहटनमा करिब ३५० पार्किङ स्थल छन् । उनको फ्लोरिडामा मार–ए–लागो क्लब छ र नजिकै तीनवटा ठूला भवन छन् । सामान्य स्थितीमा यसबाट निकै आम्दानी हुने गर्दथ्यो तर न्यूयोर्करहरु शहरबाट धमाधम बाहिर गरिरहेका बेला यहाँको चहलपहल शून्यप्राय छ ।









