विशेष रिपोर्ट

थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि

0 Shares काठमाडौं- नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा […]
[sharethis-inline-buttons]
थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा  संक्रमित थपिएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार २८७ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३२ हजार ९६४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर  ६८ प्रतिशत रहेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर