विशेष रिपोर्ट

भारतमा २४ घण्टामा भेटिए ९० हजार कोरोना संक्रमित

657 Shares एजेन्सी- भारतमा कोरोना संक्रमितको आँकडामा पछिल्लो पाँच दिनमा एकपटक पनि गिरावट देखिएको छैन । शनिबार यो रेकर्ड ९० हजार पार पुगेको छ । […]
[sharethis-inline-buttons]
भारतमा २४ घण्टामा भेटिए ९० हजार कोरोना संक्रमित

एजेन्सी- भारतमा कोरोना संक्रमितको आँकडामा पछिल्लो पाँच दिनमा एकपटक पनि गिरावट देखिएको छैन । शनिबार यो रेकर्ड ९० हजार पार पुगेको छ ।

पछिल्लो २४ घण्टामा यहाँ कूल ९० हजार ६ सय कोरोना संक्रमित भेटिएका छन् । हालसम्म यहाँ ४१.१० लाख संक्रमति भेटिइसकेका छन् । यस्तै एकैदिन यहाँ ७३ हजार बिरामी निकोसमेत भइसकेका छन् । यससँगै यहाँ निको हुनेको संख्या ३१.७७ लाख पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ४४ को मृत्यु भएको छ भने हालसम्म यो संक्रमणले भारतमा ७० हजार ६ सय ७९ ले ज्यान गुमाइसकेका छन् । ८.६१ लाख बिरामीको उपचार चलिरहेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर