विशेष रिपोर्ट

प्राचीन चिकित्सा पद्धति अपनाऔँ: शिक्षामन्त्री पोखरेल

0 Shares महोत्तरी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद तथा योग ध्यानजस्ता प्राचीन चिकित्सा पद्धति अपनाउन अपिल गरेका छन् । बर्दिवास–३ स्थित आफ्नो आवासस्थल […]
[sharethis-inline-buttons]
प्राचीन चिकित्सा पद्धति अपनाऔँ: शिक्षामन्त्री पोखरेल

महोत्तरी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद तथा योग ध्यानजस्ता प्राचीन चिकित्सा पद्धति अपनाउन अपिल गरेका छन् ।

बर्दिवास–३ स्थित आफ्नो आवासस्थल आधारशिलामा प्रेस सङ्गठन नेपाल जिल्लाका प्रतिनिधिसँगको सामूहिक भेटघाटमा उनले कोभिड–१९ सङ्क्रमणको जोखिमबीच प्राचीन उपचारबारे अझै अनुसन्धान जारी रहेको बताए ।  उनले भने, “सम्यक र अनुशासित जीवन पद्धति कोभिड सङ्क्रमणबाट बच्ने सबैभन्दा भरपर्दो उपाय हो ।”

चुनौतीपूर्ण अवस्थालाई अब अवसरका रुपमा ढाल्न सरकारले शिक्षालाई वैकल्पिक पद्धतिका आधारमा सिक्ने, सिकाउने विधि अवलम्बन गर्न अपिल गरिसकेको मन्त्री पोखरेलले उल्लेख गरे ।  उनले भने, “अब विद्यार्थीसम्म सिकाइका कुरा पु¥याउन हामीसँग उपलब्धताका आधारमा के के विकल्प छन् ? रेडियो एफएम, टेलिभिजन, अनलाइन, मोबाइल संवाद र अन्य के हुन सक्छन् ? यिनको भरपुर उपयोगबाट अघि बढ्नुपर्छ ।” रासस

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर