document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 873;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- रुसको कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको क्लिनिकल परीक्षणको शुरुवाती चरणको नतिजा सकारात्मक देखिएको छ ।
मेडिकल जर्नल द लेसेन्टमा प्रकाशित सूचनाअनुसार क्लिनिकल परीक्षणको दुई चरणमा खोपले कोरोना भाइरसविरुद्ध लड्न आवश्यक एन्टिबडी विकास भएको पाइएको छ । ७६ जना मानिसमा गरिएको यो परीक्षणमा सहभागी मानिसहरुमा कुनै ज्वरो आउनेजस्ता सामान्य साइड इफेक्ट मात्र देखिएको थियो ।
शोधकर्ताहरुले प्रतिरक्षा प्रणालीको अर्को महत्वपूर्ण पक्ष टी सेल्सको बारेमा पनि अध्ययन गरेका थिए । २८ दिनमा मानिसको शरीरमा टी सेल्सले पनि कोरोना भाइरसविरुद्ध काम गर्न शुरु गरेको अध्ययनमा पाइएको थियो ।
क्लिनिकल परीक्षणको शुरुवाती दुई चरणले खोपको सकारात्मक संकेत मात्र दिने तर यसको वास्तविक परीक्षा तेस्रो चरणको परीक्षणमा हुने वैज्ञानिकहरुले बताउँदै आएका छन् । यसअघि नै रुसले आफ्नो ‘स्पुतनिक भी’ विश्वको पहिलो कोरोना खोप भएको घोषणा गरिसकेको छ ।
यद्यपि वैज्ञानिकहरुले भने आवश्यकताभन्दा छिटो खोपको घोषणा गर्नु घातक हुने भन्दै खोपको सुरक्षामाथि आशंका व्यक्त गर्दै आएका छन् ।
स्रोत : सीएनएन









