काठमाडौं- नेपालमा थप १२२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार २२८ संक्रमित थपिएको जानकारी दिए ।
जसमा ३९४ महिला र ८३४ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा जना देशभरका विभिन्न अस्पतालबाट ९१७ डिस्चार्ज भएका छन् । पछिल्लो त्यसैगरी हालसम्म २४ हजार २०७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।










