document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 851;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडाैं- तापसी पन्नुपछि अन्ततः बलिउड अभिनेत्री विद्या बालनले पनि सुशान्तसिंह राजपूत निधन प्रकरणमा मुख खोलेकी छन्।
सुशान्त मुद्दामा अभियुक्त बनाइएकी उनकी प्रेमिका रिया चक्रवर्तीमाथि सीबीआईसहित तीनवटा निकायले छानबिन गरिरहेका बेला विद्या रियाको पक्षमा उभिएकी हुन्।
‘यो निकै दुर्भाग्यपूर्ण हो कि सुशान्तको निधन अब मिडिया सर्कस बनिसकेको छ। एक महिला हुनुको नाताले रियाका बारेमा भइरहेका घटिया कुराले मेरो मन दुखेको छ’, आरोप लागेकै भरमा रियामाथि भइरहेको मिडिया ट्रोलको विरोधबारे विद्याले ट्विटरमा प्रश्न गरेकी छन्, ‘के उनी तबसम्म निर्दोष हैनन् र जबसम्म दोषी साबित हुँदिनन् ? आउनुस् कुनै नागरिकका लागि संवैधानिक अधिकारका लागि केही सम्मान देखाउनुस् र कानुनलाई आफ्नो काम गर्न दिनुस्।’
जुन १४ मा आफ्नै निवासमा मृत अवस्थामा फेला परेका सुशान्तको मुद्दामा सीबीआई, ईडी र एनसीबीले जाँच गरिरहेको छ। यो मुद्दामा सुशान्तका पिताले रियासहित ६ जनाविरुद्ध पटनामा उजुरी दिएका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।









