यीमध्ये दुई जनामा जीन एक्सपर्ट विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । जीन एक्सपर्टमा कोरोना पोजेटिभ देखिएको दुवै पुरुष हुन् । उनीहरु मध्ये १ जना पर्सा र एक जना बाराको रहेको प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।
पछिल्लो पटक १८ जना संक्रमित थपिएसँगै पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार नाघेको छ । यसअघि पर्सामा ४ सय ९० जना महिलासहित २ हजार १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये २४ जना भारतीय नागरिक, १ सय ३५ जना स्वास्थ्यकर्मी, १ सय ८ जना सुरक्षाकर्मी, १४ जना पत्रकार, १ सय ७ जना कैदी थुनुवा, ४९ जना अस्पतालका सफाइकर्मी, गार्ड, कार्यालय सहयोगी र ३ जना एम्बुलेन्स चालकमा कोरोना देखिएको हो ।
सोमबारका २१ जनासहित हालसम्म पर्सामा ७ सय ५ जना कोरोनामुक्त भइसकेका छन् । अस्थायी कोभिड अस्पतालमा ३१ जना महिलासहित १ सय ६ जना कोरोना संक्रमितको उपचार जारी छ । जसमध्ये २७ जना आइसियूमा छन् । २ सय २३ जना महिलासहित १ हजार १ जना होम आइसोलेसनमा छन् ।
२० हजार २३ जनाको स्वाब संकलन गरिएकोमा ५ सय ५० वटा स्वाब नमुना परीक्षण गर्न बाँकी छ । कोभिड–१९ का कारण पर्सामा मात्रै ३८ जनाको मृत्यु भइसकेको छ ।
साभारः अनलाइनखबर










