document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 826;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
राजविराज- जिल्ला प्रशासन कार्यालय सप्तरीले पुनः एक साता निषेधाज्ञा थप गरेको छ ।
जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले पहिलो पटक गत साउन ८ गते रातिबाट निषेधाज्ञा जारी गरेको थियो । पहिलो चरणमा राजविराज नगरपालिका क्षेत्रमा मात्र निषेधाज्ञा थियो भने पुनः साउन २३ गतेदेखि जिल्ला भरनै निषेधाज्ञा जारी गरिएको थियो ।
त्यसपछि तेश्रो चरणमा भदौ २ गते देखि भदौ १५ गतेसम्मका लागि निषेधाज्ञाको समय थपिएको थियो । कोरोना संक्रमण बढ्दै गएपछि चौथो पटक भदौ २३ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको आज बसेको वैठकबाट निषेधाज्ञाको म्याद थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।
कोरोना भाइरसको जोखिम कायमै रहेको तथा समुदायिकस्तरमै संक्रमण फैलिदैँ गएकाले निषेधाज्ञाको समय थप गरिएको उनले बताए । यस अवधिमा अत्यावश्यक सामग्री खरिदका लागि बिहान १० बजेसम्म पसलहरु खोल्न दिने भएको छ ।
यस बैठकबाट राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेको ठहर गर्दै निषेधाज्ञा अवधिमा यी ३ वटै स्थानीय तहमा रहेका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय समेत गरेको छ ।
साभारः रातोपाटी









