जनकपुरधाम- प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ ।

आइतबार प्रदेश २ मा २२७ संक्रमित भेटिएसंगै प्रदेशमा कुल संक्रमितको संख्या १० हजार नाघेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आइतबार पछिल्लो २४ घण्टामा धनुषामा सबभन्दा बढी ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै महोत्तरीमा ३५ जना, सिरहामा २ जना, बारामा ३०, पर्सामा ४९, सर्लाहीमा ३५, सप्तरीमा ४ र रौतहटमा १ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

योसंगै प्रदेश २ मा आइतबारसम्म कोरोना संक्रमितको संख्या १० हजार २२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय