document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 810;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम- प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ ।
आइतबार प्रदेश २ मा २२७ संक्रमित भेटिएसंगै प्रदेशमा कुल संक्रमितको संख्या १० हजार नाघेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आइतबार पछिल्लो २४ घण्टामा धनुषामा सबभन्दा बढी ७१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै महोत्तरीमा ३५ जना, सिरहामा २ जना, बारामा ३०, पर्सामा ४९, सर्लाहीमा ३५, सप्तरीमा ४ र रौतहटमा १ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
योसंगै प्रदेश २ मा आइतबारसम्म कोरोना संक्रमितको संख्या १० हजार २२ पुगेको मन्त्रालयले जनाएको छ ।









