document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 798;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम- नेपाल सद्भावना पार्टीको कार्यवाहक अध्यक्षमा राम कुमार महतो मनोनित भएका छन् ।
गत असार १६ मा बसेको पार्टीको केन्द्रीय कार्य समितिको निर्णयले कार्यवाहक अध्यक्षमा महतोलाई चयन गरेपछि शनिवार जनकपुरमा पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र प्रसाद सिंहले महतोलाई मनोनितपत्र प्रदान गरेका हुन् ।
आधिकारिक पत्र पाएपछि महतोले शनिवारदेखि नै कार्यवाहक अध्यक्षको कार्यभार सम्हालेका छन् ।
शनिवार पार्टीका राष्ट्रिय अध्यक्ष सिंहले एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टीको विधान २०७५ को धारा २४ को उपधारा १ (ग) बमोजिम महाधिवेशन बोलाउन र उपदफा (ज) बाहेकका सम्पूर्ण अध्यक्षको अधिकार र कर्तव्य कार्यवाहक अध्यक्ष महतोलाई प्रत्यायोजित गरि सुम्पिएको जनाएको छ ।
यस्तै पार्टीको सम्पादन समितिको बैठकले कोभिड १९ को महाविपतीबाट मुक्त भई नसकेको अवस्थामा संघीय सरकार, प्रदेश सरकार लगायत स्थानीय सरकारको कुनै ठोस कार्ययोजना नरहेको र भ्रष्टाचार तथा कालोबजारी एवं कमिशनखोरीलाई बढावा दिएको ठहर गरेको छ ।












