विशेष रिपोर्ट

काठमाडौँ–तराई/मधेस द्रुतमार्ग : अप्टिकल फाइबर बिछ्याउने तयारी

0 Shares काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने भएको छ । सूचना तथा सञ्चार प्रविधिमा आमनागरिकको सहज र भरपर्दो पहुँचका लागि […]
[sharethis-inline-buttons]
काठमाडौँ–तराई/मधेस द्रुतमार्ग : अप्टिकल फाइबर बिछ्याउने तयारी
b|"tdfu{sf] df6f] k/LIf0f af/f lghu9sf] lh/f] laGb'df b|"tdfu{ lgdf{0fsf] qmddf la5ofOPsf] df6f] k/LIf0f ub{} g]kfnL ;]gf . t:jL/ M gf/fo0f Gof}kfg], /f;;

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने भएको छ ।

सूचना तथा सञ्चार प्रविधिमा आमनागरिकको सहज र भरपर्दो पहुँचका लागि मुलुकको अन्य राजमार्गमा जस्तै निर्माणाधीन काठमाडौँ तराई/मधेस द्रुतमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउन लागिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले भन्नुुभयो, अरू राजमार्गमा अप्टिकल फाइबर राखेजस्तै दु्रतमार्गमा पनि अब कार्यक्रम अगाडि बढाइने छ ।

मुलुकमा निर्माणाधीन र भविष्यमा निर्माण हुने मुख्य नयाँ राजमार्गमा अप्टिकल फाइबर विस्तार गर्ने प्राधिकरणको रणनीति रहेको छ । द्रुतमार्गमा समेत अप्टिकल फाइबर विस्तार गर्ने कार्यक्रम प्राधिकरणको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सूचीकृत भई स्वीकृतसमेत भइसकेको छ, उनले थपे, यस कार्यक्रमलाई अगाडि बढाउन चालू आर्थिक वर्षमा १५ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

यो आयोजनालाई अगाडि बढाउन चाँडै बोलपत्र आह्वान गर्ने बताउँदै उहाँले सो मार्ग निर्माणको जिम्मेवारी नेपाली सेनाले लिएको हुुँदा बोलपत्र आह्वानका लागि नेपाली सेनाको स्वीकृति चाहिने र त्यसका लागि प्रक्रिया अगाडि बढेको जानकारी पनि दिए ।

द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनासँग समन्वय गरी अप्टिकल फाइबर विस्तार कार्य प्रक्रियालाई अगाडि बढाइने उनले स्पष्ट पारे ।

अनुमतिका लागि नेपाली सेनालाई पत्राचार समेत भइसकेको जानकारी दिँदै उहाँले सेनाको अनुमति प्राप्त हुनेबित्तिकै द्रुतमार्गमा पाइप (डक) राख्नका लागि सेवा प्रदायक कम्पनी चयन गर्न बोलपत्र आह्वान गरिने जानकारी दिए । अप्टिकल फाइबर विस्तार गर्नुभन्दा पहिले ‘डक’ राख्ने गरिन्छ । दु्रतमार्ग निर्माण र फाइबर विस्तार कार्यलाई सँगसँगै अगाडि बढाइएमा सडक पुनः खन्नु नपर्ने तथा लागत पनि कम हुने प्राधिकरणको बुुझाइ छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले काठमाडौैँ–तराई द्रुतमार्गमा अप्टिकल फाइबर विस्तार गर्ने सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणबाट गतहप्ता नेपाली सेनालाई पत्र प्राप्त भएको जानकारी दिए । सो पत्र सेनाकै दु्रतमार्ग आयोजनामा पठाइएको र त्यसबारे आवश्यक छलफल भइरहेको बताउँदै उनले यसबारे चाँडै नै निष्कर्षमा पुगिने जानकारी दिए ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर