document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 790;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
सप्तरी- सप्तरीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछी निवासी ६५ वर्षीया महिला छिन् ।
बिरामी भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको तत्कालै स्वाब संकलन गरिएको थियो । उनको स्वाबको रिपोर्ट शनिबार साँझ पोजेटिभ आएको थियो ।
तर शनिबार राति ८ बजेतिर उपचारकै क्रममा सास फेर्न गाह्रो भएपछि ती महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । धरानतर्फ लग्ने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिए ।
योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृतकमध्ये ५ जना सदरमुकाम राजविराजकै छन् भने एक जना रुपनी गाउँपालिकाका हुन् ।
साभारः अनलाइनखबर









