document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 778;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- पाटन अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंकी ५१ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया रहेका छन् ।
उनीहरु दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो । पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले दुवैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको पुष्टि गरे ।
उच्च रक्तचापको समस्या रहेकी काठमाडौँकी महिला ३० साउनमा पाटन अस्पतालमा भर्ना भएकी थिइन् । उनको शुक्रबार राति १० बजेको समयमा मृत्यु भएको शाक्यले बताए ।
भक्तपुरकी महिला ८ भदौमा अस्पताल भर्ना भएकी थिइन् । डा. शाक्यका अनुसार उनको शनिबार बिहान ६ बजे मृत्यु भएको हो ।
साभारः रातोपाटी









