document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 757;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
ढल्केवर- धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित मिथिला ब्याडमिन्टन क्लबले धनुषाको ढल्केवरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कोरोना भाईरसको संक्रमण र लकडाउनका कारण देशैभर रगत अभाव भइरहेको बेला क्ल्बले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो । रक्तदान कार्यक्रम भदौं १२ गते शुक्रवार ढल्केवरको पूर्वचोकमा हुने क्लबले जनाएको छ ।
रक्तदान कार्यक्रम विहान ८ बजेदेखि सञ्चालन हुने मिथिला ब्याडमिन्टन क्लबका अध्यक्ष तेजनारायण साह (संतोष)ले जानकारी दिए । उनले रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरि मानवीय कार्यमा सहभागी हुन सबैमा आग्रह गरेका छन् ।
कोरोना महामारीको विषम परिस्थितिमा हुन पुगेको रगतको चरम अभाव लाई मध्यनजर गर्दै विरामीहरूमा रगत अभाव हुन नदिनका लागि रगत आपुर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष साहले बताए ।

महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षा विधि अपनाएर रक्तदान कार्यक्रम गरिने समेत उनले जनाए ।
क्लबका अध्यक्ष तेजनारायण साहको मोवाइल नम्वर ९८०१९३१७३१ मा फोन गरेर रक्तदान कार्यक्रम बारे जानकारी लिन वा सल्लाह सुझाव दिन सकिने क्लवले जनाएको छ ।
साभारः द पब्लिक टुडे









