विशेष रिपोर्ट

महोत्तरीमा थप दुई कोरोना संक्रमितको मृत्यु

0 Shares महोत्तरी- महोत्तरीमा मंगलबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मनरासिस्वा नगरपालिका वडा नम्बर ५ का एक जना ७५ वर्षीय कोरोना संक्रमित […]
[sharethis-inline-buttons]
महोत्तरीमा थप दुई कोरोना संक्रमितको मृत्यु

महोत्तरी- महोत्तरीमा मंगलबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मनरासिस्वा नगरपालिका वडा नम्बर ५ का एक जना ७५ वर्षीय कोरोना संक्रमित पुरूषको आज जिल्ला अस्पताल जलेश्वर ल्याउने क्रममा मृत्यु भएको हो ।

क्यान्सरबाट पीडित ती पुरूष केही दिन पहिले चितवनको क्यान्सर अस्पतालमा उपचार गराएर फर्केका थिए । त्यहाँ उनको पिसिआर समेत परीक्षण गरिएको थियो । अस्पतालबाट फर्केका उनी घरमै बसिरहेका थिए । उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा भर्ना गर्नका लागि जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका कोरोना फोकल पर्सन गिरेन्द्र कुमार झाले जानकारी दि ए।

त्यस्तै, अर्का एक जना महोत्तरीकै बलबा नगरपालिका वडा नम्बर ३ का ७७ वर्षीय कोरोना संक्रमित पुरूषको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर