विशेष रिपोर्ट

‘विद्यालय निर्माणमे चलु, सब कोई जुटु’ म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

0 Shares महोत्तरी- सामुदायिक विधालय रुपान्तरण गर्न जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले तयार पारेकोे ‘विद्यालय निर्माणमे चलु सब कोई जुटु यौं’ भन्ने गीतको म्युजिक भिडियो […]
[sharethis-inline-buttons]
‘विद्यालय निर्माणमे चलु, सब कोई जुटु’ म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

महोत्तरी- सामुदायिक विधालय रुपान्तरण गर्न जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले तयार पारेकोे ‘विद्यालय निर्माणमे चलु सब कोई जुटु यौं’ भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अनुप जनकपुर नामक युटुभ च्यानल मार्फत म्युजिक भिडियो बजारमा आएको हो ।

युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतोको मुख्य अभिनय रहेको म्युजिक भिडियोमा कलाकारहरुले सामुदायिक विद्यालय निर्माणमा जुट्न सबैलाई अपिल गरिएको छ ।

सञ्जालले मुठ्ठीदान अभियान संचालन गरेर महोत्तरीको बर्दिबास–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा बालउद्यान निर्माण गरिरहेको छ ।

अभियान सफल बनाउन तयार पारिएको म्युजिक भिडियोको गीत मगही भाषामा छ । पत्रकार अमृत कुमार महतोले रचना गरेको गीतमा गायक बिजय दासले स्वर भरेका छन् ।
माँ सोना म्युजिक रेकडिङ्ग स्टुडियो गौशाला बजार महोत्तरी संचालक अमरेन्द्र महतोले गीतमा संगीत भरेका छन् ।

अनुप जनकपुरको ब्यानरमा निर्माण गरिएको म्युजिक भिडियोको छयाँकन हाँस्यकलाकार कृष्ण कुमार महतोले गरेका छन् । भिडियो निर्माण गर्ने काम न्यामिक कुमार यादवले पुरा गरेसंगै भिडियो बजारमा आएको जनसहयोगी सञ्जाल बर्दिबास महोत्तरीका अध्यक्ष परमेश्वर महतोले जनाएका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर