document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 622;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम- प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव १५ दिनपछि कोरोनामुक्त भएका छन् ।
प्रादेशिक प्रयोगशाला जनकपुरमा स्वाब परीक्षण गराउँदा उनमा साउन २१ गते कोरोना पोजेटिभ देखाएको थियो । त्यसपछि उनी घरकै आइसोलेशनमा रहेका थिए । प्रादेशिक प्रयोगशाला जनकपुरमा दोस्रो पटक स्वाब परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको मन्त्री यादवले बताए ।
साउन १८ गते काठमाडौंबाट फर्केपछि उनले १९ गते आफ्नो स्वाब परीक्षणका लागि दिएका थिए । त्यसको रिपोर्ट २१ गते आएका थिए ।
आइसोलेशनमा भएको बेला जडिबुटीका औषधि सेवन गरेको उनले बताए । डब्लुएचओले तय गरेको मापदण्ड पालना गर्ने र खानपानमा विशेष ध्यान दिएमा कोरोनालाई जित्न सकिने उनको अनुभव छ । अब आफू चाँडै नै काममा फर्किने समेत यादवले बताए ।रातोपाटीबाट









