document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 558;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
इलाम- सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका सूर्योदय– ९ घर भएका ती पुरुषको गए राति मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजेदेखि नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले उनको उपचार गरेका थिए ।
उनको गएराति ११ः ५ बजे मृत्यु भएको सूर्योदय नगरपालिकाले जनाएको छ । गत २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइए पनि उनको रिर्पोट भने आउन वाँकी स्वाब सङ्कलन गरेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए ।
युवकलाई छाती दुख्ने, ज्वरो आउने र सास फेर्न समस्या भएको थियो । अहिले शव व्यवस्थापन गर्ने तयारी हुँदै रहेको नगरपालिकाले जनाएको छ । रासस









