विशेष रिपोर्ट

नेकपाको सचिवालय बैठक आज बस्दै

657 Shares काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । सचिवालय बैठकले नेकपा विवाद समाधान गर्न शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन […]
[sharethis-inline-buttons]
नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

सचिवालय बैठकले नेकपा विवाद समाधान गर्न शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन गर्नेछ भने कार्यदलको कार्यादेश तयार पार्नेछ । यसअघि नेकपाको बिवाद समाधानका लागि अध्यक्षद्वयले कार्यदल गठन गरेपछि शीर्ष नेताहरुले सचिवालय वा स्थायी कमिटी बैठकबाट कार्यदललाई आधिकारिकता दिनुपर्ने बताएका थिए ।

गएको साउन ३ गतेदेखि नेकपाको सचिवालय बैठक बस्न सकेको छैन । साउन ३ गतेको बैठकमा मंसिरमा अर्ली महाधिवेशन गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले प्रस्ताव गरेका थिए भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तावमा सहमति जनाउनु भए पनि बैठकपछि भने आफू अर्ली महाधिवशेनको पक्षमा नरहेको बताएका थिए ।

बैठक बिहान साढे ९ बजे बालुवाटारमा बस्ने छ ।

फाइल फोटो

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर