विशेष रिपोर्ट

पेट्रोलियम पदार्थको भाउ बढ्यो

657 Shares काठमाडौं- पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । आज राति १२ बजेदेखि लागू […]
[sharethis-inline-buttons]
पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं- पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको हो ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने कुनै मूल्य परिवर्तन नगरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर