वीरगञ्ज- बारा र पर्साका थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पताल बीरगंजको प्रयोगशालामा गएराति गरिएको पिसीआर परीक्षणमा बारा र पर्साका थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार वीरगञ्जका २० जना, बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ४ जना र पर्साको पोखरिया नगरपालिकाका १२ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका र रक्सौल पन्टोकाका १÷१ जनामा पनि कोरोना संक्रमण देखिएको  बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय