विशेष रिपोर्ट

बारा र पर्साका थप ४७ जनामा कोरोना पुष्टि

657 Shares वीरगञ्ज- बारा र पर्साका थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल बीरगंजको प्रयोगशालामा गएराति गरिएको पिसीआर परीक्षणमा बारा […]
[sharethis-inline-buttons]
बारा र पर्साका थप ४७ जनामा कोरोना पुष्टि

वीरगञ्ज- बारा र पर्साका थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पताल बीरगंजको प्रयोगशालामा गएराति गरिएको पिसीआर परीक्षणमा बारा र पर्साका थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार वीरगञ्जका २० जना, बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ४ जना र पर्साको पोखरिया नगरपालिकाका १२ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका र रक्सौल पन्टोकाका १÷१ जनामा पनि कोरोना संक्रमण देखिएको  बताइएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर