document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 509;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- रुसले नयाँ भ्याक्सिनको उत्पादन सुरु गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भ्याक्सिन अगस्ट महिनाको अन्त्यमसम्म उपलब्ध हुने जानकारी दिएको छ ।
थुप्रै विशेषज्ञले रुसले दौडमा पहिलो हुने चक्करमा सुरक्षासँग सम्झौता गरेको आरोप लगाएका छन् ।
रुसमा गरिएको एक स्वतन्त्र अनुसन्धानमा त्यहाँका आधाभन्दा बढी स्वास्थ्यकर्मीले भ्याक्सिनमाथि विश्वास नभएको बताउँदै नयाँ भ्याक्सिन लगाउन नचाहेको तथ्य सार्वजनिक भएको छ ।
यद्यपि, राष्ट्रपति भ्लादिमिर पुटिनले भ्याक्सिन तयार गर्न सबै आवश्यक कुरालाई ध्यानमा राखिएको छ र उनकी छोरीलाई उक्त भ्याक्सिन दिइसकेको जानकारी दिएका छन् ।
रुसले यो भ्याक्सिनको नाम ‘स्पूतनिक भी’ राखेको छ । रुसी भाषामा स्पुतनिक शब्दको अर्थ स्याटलाइट हो । रुसले नै विश्वको पहिलो स्याटलाइट बनाएको थियो ।
स्रोतः बीबीसी









