विशेष रिपोर्ट

प्रदेश २ मा एकैदिन थपिए १९९ कोरोना संक्रमित, धनुषामा सबैभन्दा बढी

657 Shares जनकपुरधाम- प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप १९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार धनुषामा ५४ जना, पर्सामा ३२ […]
[sharethis-inline-buttons]
प्रदेश २ मा एकैदिन थपिए १९९ कोरोना संक्रमित, धनुषामा सबैभन्दा बढी

जनकपुरधाम- प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप १९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार धनुषामा ५४ जना, पर्सामा ३२ जना, सर्लाहीमा २७ जना, रौतहटमा २४ जना, सप्तरीमा २१ जना, महोत्तरी र बारामा २०-२० जना र सिरहामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित फेला परेका १९९ जना मध्ये ४७ जना महिला रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार ६२७ पुगेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर