document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 465;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- नेपालमा थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५९४ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । संक्रमितमध्ये १७ हजार ७७ जना निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २४० जना डिस्चार्ज भएका छन् । प्रवक्ता डा. गौतमका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं छन् । त्यसैगरी संक्रित शून्य भएका जिल्ला संखुवासभा, मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।









