document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 440;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा धनुषाकी एक वृद्ध महिलासहित थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप चारजनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको हो ।
उनका अनुसार कोरोनाको संक्रमणबाट महोत्तरीको मटिहानी नगरपालिका-६ का ४५ वर्षीय पुरुष, धनुषाको मिथिला नगरपालिका-७ ढल्केबरकी ८५ वर्षीया महिला, अछाम रामारोशन गाउँपालिका-५ का १८ वर्षीय पुरुष र मोरङको विराटनगर महानगरपालिका-३ का ५७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रदेश अनुसार मृत्यु हुनेको संख्या प्रदेश १ मा ८ पुरुष, प्रदेश २ मा २८ पुरुष र ११ महिला, वागमती प्रदेशमा १३ पुरुष र ५ महिला, गण्डकी प्रदेशमा ६ पुरुष, प्रदेश ५ मा ९ पुरुष ३ महिला, कर्णाली प्रदेशमा ४ पुरुष र सुदूरपश्चिम प्रदेशमा ५ पुरुष र तीन महिला रहेका छन् ।









