document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 431;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- भारतमा कोरोना सङ्क्रमित र ज्यान जानेको संख्या दैनिक रेकर्ड बन्न थालेको छ ।
भारतमा एकैदिन ६७ हजारमा कोरोना पुष्टि भएको छ । ९ सय ४२ जनाको ज्यान गएको छ ।
गएको २४ घण्टामा ६६ हजार ९ सय ९९ जना नयाँ बिरामी थपिएसँगै भारतमा सङ्क्रमितको संख्या २३ लाख ९६ हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोनाका कारण ४७ हजारभन्दा धेरैको ज्यान गएको छ । नयाँ बिरामी र ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।
भारतमा अहिलेसम्म १६ लाख ९५ हजारभन्दा धेरै निको भएका र ६ लाख ५३ हजारको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।









