विशेष रिपोर्ट

आजदेखि देशैभर सवारी पास वितरण बन्द

657 Shares काठमाडौं- गृह मन्त्रालयले आजदेखि देशैभर सवारी पास वितरणमा रोक लगाएको छ। मन्त्रालयले बुधबार पत्राचार गर्दै सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासन […]
[sharethis-inline-buttons]
आजदेखि देशैभर सवारी पास वितरण बन्द

काठमाडौं- गृह मन्त्रालयले आजदेखि देशैभर सवारी पास वितरणमा रोक लगाएको छ। मन्त्रालयले बुधबार पत्राचार गर्दै सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो।

कोरोना भाइरसको संक्रमण बढेको भन्दै मन्त्रालयले पास वितरण रोक्न भनेको हो। योसँगै अर्को व्यवस्था नहुन्जेलसम्म अब जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण रोक्न भनिएको छ।

सरकारले जिल्लाभित्र यातायात चलाउन अनुमति दिए पनि जिल्ला बाहिर जानका लागि पास अनिवार्य भएको छ। हाल काठमाडौं उपत्यकासहित सक्रिय संक्रमित २ सयभन्दा बढी भएका जिल्लामा जोरबिजोर प्रणाली लागू भएको छ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर