विशेष रिपोर्ट

सप्तरीमा एक चिकित्सकसहित थप ३३ जनामा कोरोना पुष्टि

657 Shares सप्तरी- सप्तरीमा एक चिकित्सकसहित थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । राजविराज नगरपालिका वडा नम्बर ६ मा ८, वडा नम्बर २ का […]
[sharethis-inline-buttons]
सप्तरीमा एक चिकित्सकसहित थप ३३ जनामा कोरोना पुष्टि

सप्तरी- सप्तरीमा एक चिकित्सकसहित थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

राजविराज नगरपालिका वडा नम्बर ६ मा ८, वडा नम्बर २ का ९ जना, वडा नम्बर ७ का ५ जना, वडा नम्बर ४ का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको भने ठेगाना खुलेको छैन ।

रुपनी गाउँपालिका ५ का ४ जना र ६ का एक जनामा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत ३२ बर्षीय पुरुष चिकित्सकमा समेत संक्रमण पुष्टि भएको बताइएको छ ।

सप्तरीमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर