विशेष रिपोर्ट

अमेरिकामा भारतीय मूलकी महिला उपराष्ट्रपति पदको उम्मेदवार

657 Shares एजेन्सी- अमेरिकामा आउँदो नोभेम्बरका लागि तय गरिएको चुनावमा भारतीय मूलकी सांसद कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएको छ। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिस्पर्धीका रूपमा […]
[sharethis-inline-buttons]
अमेरिकामा भारतीय मूलकी महिला उपराष्ट्रपति पदको उम्मेदवार

एजेन्सी- अमेरिकामा आउँदो नोभेम्बरका लागि तय गरिएको चुनावमा भारतीय मूलकी सांसद कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएको छ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिस्पर्धीका रूपमा आगामी राष्ट्रपतिका लागि डेमेक्र्याटिक पार्टीबाट उम्मेदवार बनेका जो बाइडेनले हिन्दू धर्मावलम्बी ह्यारिसलाई आफ्ना तर्फबाट उपराष्ट्रपति पदमा उम्मेद्वार बनाउने बताएका हुन्।

ह्यारिस अमेरिकी राज्य क्यालिफोर्नियाकी सांसद हुन्। उनी अब उपराष्ट्रपति पदको उम्मेद्वार बन्ने पहिलो अश्वेत तथा एसियाली (भारतीय) मूलकी अमेरिकी नागरिक भएकी छन्।

उनका आमा भारतीय र बुबा जमैकन मूलका हुन्। बुबासँगको सम्बन्धविच्छेदपछि ह्यारिसलाई आमाले हुर्काएकी हुन्। अमेरिकामा आउने नोभेम्बर ३ मा राष्ट्रपतिकाे निर्वाचन हुँदैछ। बीबीसी

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर