काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ६३८ नयाँ संक्रमित थपिएका छन् ।

मंगलबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ६३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १७१ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६ हजार ६६४ जना डिस्चार्ज भएका छन् ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २०१ रहेको छ ।

प्रदेश अनुसार प्रदेश १ मा ५९९, प्रदेश २ मा ३ हजार ३४७, वागमती प्रदेशमा १ हजार ३५२, गण्डकीमा २२४, प्रदेश ५ मा ६४६, कर्णाली प्रदेशमा १९७ र सुदूरपश्‍चि प्रदेशमा ८९६ सक्रमिय संक्रमितहरु रहेका छन् ।

यसअघि बुधबार देशभर ३८१ कोरोना भाइरस संक्रमित थपिएका थिए भने १३० जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर ३६० कोरोना संक्रमित थपिएका थिए भने २३३ जना डिस्चार्ज भएका थिए । त्यसैगरी शुक्रबार ४६४,  शनिबार ३७८ र आइतबार ३८० कोरोना भाइरस संक्रमित थपिएका हुन् ।

सोमबार देशभर ३३८ संक्रमित थपिएका छन् भने १४० जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय