विशेष रिपोर्ट

गाेंगबु हत्या प्रकरण : अतरङ्ग तस्बिरहरु फेसबुुकबाट सार्वजनिक गरेपछि हत्या !

0 Shares काठमाडौं- गांगवुुमा सुुटकेसभित्र टाउको फेला परेका रोल्पाको रुन्तीगढी गाउँपालिकास्थायी घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोरालाई दहीमा स्लिपिङ ट्यावलेट हालेर बेहोस भएपछि अण्डकोषमा […]
[sharethis-inline-buttons]
गाेंगबु हत्या प्रकरण : अतरङ्ग तस्बिरहरु फेसबुुकबाट सार्वजनिक गरेपछि हत्या !
Photo Credit : Gorkhapatra

काठमाडौं- गांगवुुमा सुुटकेसभित्र टाउको फेला परेका रोल्पाको रुन्तीगढी गाउँपालिकास्थायी घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोरालाई दहीमा स्लिपिङ ट्यावलेट हालेर बेहोस भएपछि अण्डकोषमा हानेर हत्या गरिएको साविती बयान दिएको प्रहरी अनुुशन्धानबाट खुुलेको छ ।

प्रहरीले बोहोराको हत्याकाण्डमा संम्लग्न चितवन कालिका नगरपालिका वडा नं ७ स्थायी घरभएर काठमाडौं जिल्ला टोखा नगरपालिका १० बस्ने ३७ बर्षिया कल्पना मुडभरी पौडेलले दहीमा स्लिपिङ ट्यावलेट हालेर बेहोस भएपछि हत्या गरेको साविती बयान दिएकी छिन् ।

हत्यामा संलग्न कल्पनाले मृतक बोहोराले आफ्नो नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको साविती बयान दिएको अपराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापालेभन्नुुभयो ।

आफ्नो अन्तरंग तस्बिरहरु एकाएक फेसबुुकमा फेक आइडी बनाएर सार्वजनिक हुन थालेपछि योजना बनाएर हत्या गरेको प्रारम्भिक बयान दिएको एससपी थापाले भन्नुुभयो ।

प्रहरीले अभियुक्तलाषर्् चितवनको शक्तिखोरमा रहेको अभियुक्तको माइतीबाट पक्राउ गरेर मंगलबार काठमाडौमा पत्रकार सम्मेलन आयोजना गरेको हो ।

कसरी भयो हत्या
रोल्पा रुन्तीगढी गाउँपालिका स्थायी घर भै गोेगबुमा बस्ने मृतक बोहोरा र काठमाडौंको टोखा नगरपालिका १० बस्ने अभियुक्त कल्पनाबिच लामो सम्बन्ध रहेको अनुुशन्धानबाट खुुलेको एसएसपी थापाले बताउनुुभयो ।

मृतक आठ महिनादेखि गोगबुुको होटलमा बस्दै आएको र तीन चार महिनादेखि फेसबुुकमार्फत चिनजान भएको थियो । मृतक अभियुक्तको कोठामा समय समयमा आउने गरेको अनुशन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

मृतकले अभियुक्तको फोटो फेसबुुकमा राखेर आफू अनुुकुुल चलाउन खोजेपछि हत्या भएको बताइएको छ । हत्या भएको दिनमा समेत मृतक बोहोरा आफू बसेको होटलबाट बा ७२ प ५६४४ नंम्बरको स्कुुटर प्रयोग गरेर अभियुक्तको कोठामा पुुगेका थिए । कोठामा पुुगेपछि अभियुक्तले मासु चिउरा,दही र भोड्का खान दिएको खुुलेको छ ।

अभियुक्तले दिएको दहीमा दहीमा पाँच पिस स्लिपिङ ट्यावलेट हालेपछि मृतक लठ्ठ भएको मौकामा मारतोल(ह्यामर) ले प्रहार गरेका थिए । त्यसपछि मृतकलाई सलको प्रयोग गरि घाँटीमा थिचेर मृत्युभएको यकिन गरेको प्रहरी अनुशन्धानबाट खुुलेको छ । निजलाई धारिलो हतियारको प्रयोग गरेर टाउको र खुुट्टा छिनाइ झोलामा आफैले राखेर फालेको अनुशन्धानबाट खुुलेको हो ।

प्रहरीका अनुसार शवको बाँकी रहेको भाग कालो रंङ्गको सुटकेसमा राखेर पश्चिमबाटोको छेउमा फालेर कोठामा फर्किआएकी थिइन । साउन २५ गते चितवनबाट बिरामी लिएर आएको चिनेजानेको एम्बुलेन्ससँग समन्वय गरेर उनी चितवन भागेकी थिइन ।

प्रहरीले अभियुक्तको कोठाबाट घटनामा प्रयोग भएको धारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्यामर, रगत लतपतिएको पंञ्जा, म्याट्रेसको टुक्रा, घाँटी कस्न प्रयोग भएको कालो रंगको सल, सुुटकेसको ह्याण्डल, नाम्लोमा प्रयोग हुने डोरीको टुक्रा, स्लिपिङ ट्यावलेटको खोल र मोवाइल सेटहरु बरामत गरेको छ ।

प्रहरीले शव व्यवस्थापनमा सहयोगिको भुमिका निभाउने १५ बर्षको विद्यार्थीलाई समेत नियन्त्रणमा लिएको छ । अभियुक्त केही टेलिश्रृंखलाहरुमा अभिनय गर्ने कलाकार समेत हुन् ।

साभारः गोरखापत्र

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर