एजेन्सी- संसारभरी कोरोना संक्रमितको मृत्युको आँकडा ७ लाख पार हुँदा र कोरोना संक्रमितको संख्या दुई करोड पुगिसक्दा पनि विश्व स्वास्थ्य संगठनले कोरोना महामारीबाट विजय पाउे आशा अझै पनि बाँकी भएको बताएको छ ।

डब्ल्यूएचओका प्रमुख टेड्रनेस एडहनम गेब्रियाससले पत्रकार सम्मेलनमा यस हप्ता संसारभरी संक्रमितको कूल आँकडा दुई करोड पार हुने र मृतकको संख्या साढे सात लाख पुग्ने बताएका छन् ।

उनले भने, ‘यो आँकडा पछाडि एउटा ठूलो पीडा र तनाव लुकेको छ । यो महामारीका कारण गुमेको प्रत्येकको जीवन मूल्यवान छ । मलाई थाहा छ, तपाईंमध्ये धेरैजना यतिबेला पीडामा हुनुहुन्छ र संसारका लागि यो मुश्किलको समय हो । तर आशाको किरण बाँकी नै छ भनेर स्पष्ट गर्न चाहन्छु । यो महामारी नष्ट गर्न अहिले पनि ढिलाई भने भएको छैन ।’

स्रोतः बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय