document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 353;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम- कोभिड विशेष अस्पताल जनकपुरको आइशोलेसनमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि गत साउन ८ गते ओइशोलेसनमा भर्ना भएका विदेह नगरपालिका वडा नं. ८ का ६० वर्षिय पुरुषको गएराति मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भटराईले जानकारी दिए ।
उनका अनुसार ती संक्रमितलाई लामो समयदेखि ज्वरो आइरहेको थियो ।
प्रजिअ भटराईका अनुसार उनको ट्राभल हिस्ट्री भने खुल्न वाँकी रहेको छ । शव व्यवस्थापनपछि कन्टयाक्ट ट्रेसिंग समेत थालिने उनले बताए ।









