document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 346;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- बेरुतमा भएको शक्तिशाली विष्फोटपछि लेवनानको सरकार ढलेको छ ।
सोमबार प्रधानमन्त्री लगायत सबै मन्त्रीहरुले राजीनामा दिएका छन् । गत मंगलबार भएको शक्तिशाली विष्फोटपछि सरकारविरुद्ध प्रदर्शनहरु समेत भएका थिए ।
शक्तिशाली विष्फोटपछि परिस्थिति थप असहज हुँदै गएको थियो । त्यही बीचमा प्रधानमन्त्री हसन दीव लगायत पुरै क्याविनेट सदस्यले सोमबार राजीनामा दिएका हुन् । प्रधानमन्त्री हसनले सोमबार राष्ट्रिय टेलिभिजनमार्फत राष्ट्रको नाममा सम्बोधन गरी राजीनामा दिएको घोषणा गरेका थिए । प्रधानमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्– ‘हामी यो त्रासदीपूर्ण अवस्थामा जनताका लागि आफ्नो उत्तरदायित्व, जवाफदेही बन्दै जनताको वास्तविक परिवर्तनको चाहनाको कदर गर्न चाहान्छौं ।’
राजीनामा पछि अब संसदले नयाँ प्रधानमन्त्री चुन्नेछ । पछिल्लो हप्ता मंगलबार राजधानी बेरुतमा शक्तिशाली विष्फोट हुँदा २२० जनाको मृत्यु भएको थियो भने ११० जनाभन्दा बढी अझै बेपत्ता रहेका छन् । उक्त विष्फोटमा ६ हजारभन्दा बढी घाइते भएका थिए । यो विष्फोटपछि लेबनानमा आर्थिक संकट गहिरिएको छ भने शहरमा प्रदर्शन चर्किएको छ । प्रदर्शनकारीहरुले सरकारसँग शहरको मध्यभागमा विष्फोटक पदार्थ राख्नुको कारणबारे जवाफ मागिरहेका छन् । हज्जारौं मानिसहरु बेरुतको सडकमा प्रदर्शन गरिरहेका छन् ।

प्रधानमन्त्री हसनले विष्फोट हुनुको मुख्य कारण विगत ६ वर्षदेखि बेरुत बन्दगाहमा भण्डारण गरिएको अमोनियम नाइट्रेट रहेको प्रस्ट पारेका थिए । बन्दगाहमा रहेको सो गोदाममा २७५० टन अमोनिय नाइट्रेट भण्डारण गरिएको थियो, जसमा आगो लाग्दा शक्तिशाली विष्फोट भएको सञ्चारमाध्यामहरुले जनाएका छन् । यो विष्फोटपछि बेरुतमा कम्तिमा ३ अर्ब डलरको नोक्सान भएको जनाइएको छ ।









