document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 46;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
प्रदेश १ मा मंगलबार एकै दिन ३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
विराटनगरस्थित कोशी अस्पताल कोभिड– १९ उपचार केन्द्रबाट १३ महिला र ६ पुरुष, उदयपुरको चौदण्डीगढीस्थित कोभिड–१९ आइसोलेसन केन्द्रबाट ६ महिला तथा ७ पुरुष र मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँबाट ६ पुरुष डिस्चार्ज भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
डिस्चार्ज हुनेमा मोरङका १६ जना, उदयपुरका १३, सुनसरीका दुई, झापाका पाँच, इलाम र पाँचथरका १/१ जना छन् ।
मंगलबार डिस्चार्ज भएकासँगै प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भएर उपचारपश्चात् घर फर्किनेको संख्या ६ सय ४२ जना पुगेको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा मंगलबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाका तीन, झापा, सुनसरी र तेह्रथुमका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
धनुकुटाको छथर जोरपाटीका दुई पुरुष, सहिदभूमिका एक पुरुष, झापाको शिवसताक्षीका एक महिला, सुनसरीको भोक्राहा र तेह्रथुमको म्याङलुङका एक÷एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मंगलबार पुष्टि भएका सँगै प्रदेश १ मा कुल कोरोना संक्रमितको संख्या ७ सय ३६ पुगेको छ ।









