document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 976;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
सप्तरी- सप्तरीमा थप ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
बिहीबार मात्रै सप्तरीको छिन्नमस्ता गाउँपालिका र राजविराज नगरपालिका गरी जिल्लामा १० महिला र २२ जना पुरुष गरी ३२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
छिन्नमस्ता गाँपालिकाका वडा नम्बर २ का २७ वर्षीय एक महिला रहेका छन् भने २५, ३२ वर्षीय र एक जनाको उमेर नखुलेको पुरुष रहेका छन् ।
त्यसै गरी राजविराज नगरपालिकाका विभिन्न वडा गरी नौ जना महिला र १९ जना पुरुष गरी जिल्लामा ३२ जना नयाँ सङ्क्रमित थपिएको छ ।
योसँगै जिल्लामा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९७२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।









