ढल्केवर— नेकपा एमालेका एक नेतामाथि यौन दुव्र्यवहारको आरोप लागेको छ । एमालेका जनकपुरधाम उपमहानगर कमिटीका सचिव राजुकुमार साहमाथि एक महिलालाई यौनजन्य दुव्र्यवहार गरेको आरोप लागेको हो ।

शुक्रवार साहले धनुषाको मिथिला नगरपालिकाकी ती महिलालाई गाडीमा लिफ्ट दिएर उनीमाथि गाडीभित्रै यौनजन्य दुव्र्यवहार गरेको बताइएको छ । साह पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव रघुवीर महासेठको सचिवालयमा समेत काम गर्दै आएका छन् ।

पीडित भनिएकी महिलाले शुक्रवारै इलाका प्रहरी कार्यालय ढल्केवरमा मौखिक जानकारी गराइसकेको छ । आईतबार लिखित जाहेरी दिने तयारी रहेको पीडितको भनाइ उदृत गर्दै एक महिला अधिकारकर्मीले बताइन् । नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारकर्मीले पीडितको भनाइ उदृत गर्दै भनिन् ‘राजुले गाडीभित्रै अश्लिल वार्तालाप गर्दै महिलालाई आफूसँग शारिरिक सम्बन्ध राख्न जोरजबरजस्ती गरेका थिए ।’

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले पनि उक्त घटना सम्बन्धमा मौखिक जानकारी आएको पुष्टि गरे । उनले लिखित जाहेरी नआएकोले अहिले नै केही भन्न नमिल्ने बताए । ‘आफूलाई पीडित बताउने ती महिलाले अफिसमै आएर मौखिक जानकारी दिनुभएको छ । हामीले जाहेरी ल्याउन भनेका छौं । लिखित जाहेरी आएपछि प्रहरीले एक्सन लिन्छ,’ प्रहरी निरीक्षक यादवले भने ।

घटना आन्तरिक रुपमै मिलाउन पिडक पक्ष लागिपरेका छन् । त्यसका लागि राजनीतिक पहुँचका आधारमा पीडकले दबाब बढाएको स्रोतको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Skip