अलार्म को घण्टी सँगै निन्द्र बाट जाग्नुपर्दा
दुःख लाग्छ आँखा मिच्दै डिउटी तिर भाग्नुपर्दा

खाँडीमुलुक आईपुगेछु भाग्यकर्म छान्दा छान्दै
५० डिग्री चर्को घाम मा गैती, बेल्चा हान्दा हान्दै

अनायसै आमाको माया ममता खोज्न पुग्छु
उत्ता फेरी च्वास्स बिझ्ने साहुको ऋण सोच्न पुग्छु

टुस्स बस्नु पाउनु छैन कामै मात्र लाउन खोज्छ
सानो गल्ती गर्यो भने सिधै छोपन आउन खोज्छ

मानब हो कि दानव हुन यी, मनमा दया आउने हैन बल्ल तल्ल महिना मर्यो समयमा तलब पाउने हैन

पसिनाको मूल्य पनि भिखसरी माग्नुपर्दा
पीडा हुन्छ भोक भोकै बालुवा माटो उचाल्नुपर्दा

नाम : राजन दास
ठेगाना : सहिदनगर नगरपालिका वार्ड न ०८ बिसरभोरा

प्रतिक्रिया

सम्बन्धित खवर

Skip