विशेष रिपोर्ट

लागुऔषध विरुद्ध सचेतना जगाउँदै पत्रकार सञ्जाल

657 Shares ढल्केवर— युवामा बढ्दो लागूऔषध दुव्र्यसनको समस्यालाई लक्षित गर्दै धनुषाको ढल्केवरस्थित रहेको मिथिला नगर पत्रकार संजालले लागुऔषध विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको छ । […]
[sharethis-inline-buttons]
लागुऔषध विरुद्ध सचेतना जगाउँदै पत्रकार सञ्जाल
657
Shares

ढल्केवर— युवामा बढ्दो लागूऔषध दुव्र्यसनको समस्यालाई लक्षित गर्दै धनुषाको ढल्केवरस्थित रहेको मिथिला नगर पत्रकार संजालले लागुऔषध विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सञ्जालले लागुऔषध विरुद्धको जनचेतना अभिवृद्धि गर्न विशेष अभियानको सुरुवात गरेको हो ।

त्यसैअभियान अन्तर्गत पहिलो चरणमा संजालले मिथिला नगरपालिका वडा नं ७ को दुईस्थानमा लागुऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम गरेको छ । मिथिला नगरपालिकाको ७ नम्बर वडा कार्यालयको सहयोग तथा समन्वयमा आईतबार र सोमवार गरी दुईदिन लागुऔषधसम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको मिथिला नगर पत्रकार संजालका सचिव विजय कुमार साहले जानकारी दिए ।

उनका अनुसार विशेषगरी युवापुस्तामा बढ्दो लागुऔषध दुव्र्यसनको समस्या गम्भीर रूपमा देखिएपछि सञ्जालले विद्यालय र सार्वजनिक स्थानहरूमा सचेतनामूलक कार्यक्रम सुरु गरेको हो । ‘यो सुरुवात हो । यसलाई अभियानको रुपमा हामीले सबै वडामा पु¥याउँछौं,’ सचिव साहले भने ‘पत्रकारले समाज रुपान्तरणमा भूमिका खेल्नुपर्छ । पछिल्लो समय लागूऔषधले विक्राल अवस्था ल्याएपछि हामी स्वयं अगाडि सरेका हौं ।’

संजालले आईतबार जनता राष्ट्रिय आधारभूत विद्यालय साबेडाँडा र सोमवार राष्ट्रिय आधारभूत विद्यालय केमलीपुरमा कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा यवा, विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षकलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मिथिला नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामबहादुर स्याङ्दनले यस्ता सचेतनामूलक कार्यक्रमले लागूऔषधप्रति समाजमा गम्भीरता बढाउने र रोकथाममा सबै पक्षको समन्वय सुनिश्चित गर्ने विश्वास व्यक्त गरे । लागूऔषधविरुद्ध आफ्नो कलममार्फत सचेतना जगाउँदै आएका पत्रकारहरु टोलटोलमै पुगेर सचेतना जगाउने कार्यक्रम संचालन गरेकोप्रति वडाध्यक्ष स्याङ्दनले प्रशंसा गरे ।

कार्यक्रमका सहभागीहरुलाई जनस्वास्थ्य अधिकृत समेत रहेका मिथिला नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार भण्डारी, इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादव, मनोपरामर्शकर्ता विना कडारीले प्रशिक्षण दिएका थिए ।

चिकित्सा क्षेत्रमा लामो अनुभव भएका अधिकृत भण्डारीले लागूऔषधको स्वास्थ्यमा पार्ने असरहरूबारे प्रस्ट जानकारी गराएका थिए । उनले लागूऔषध सेवनले मस्तिष्क, मुटु, फोक्सो र यौन स्वास्थ्यमा पर्ने दीर्घकालीन असरहरु, उपचार विधिहरु र परिवारको भूमिकाबारे महत्वपूर्ण प्रस्तुति दिएको संजालका सदस्य प्रेमबहादुर कार्कीले बताए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक यादवले लागूऔषधसम्बन्धी कानुनी प्रावधानहरूबारे जानकारी दिएका थिए । प्रहरी निरीक्षक यादवले लागूऔषधको परिभाषा, प्रकारका साथै लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसारका मुख्य प्रावधानहरू, सजायहरू, प्रहरी र नागरिकको भूमिका र विशेषगरी नाबालकमाथि लागू हुने कानुनी दृष्टिकोणबारे उदाहरणसहित प्रस्ट पारेको संजालका सदस्य कार्कीले बताए ।

कार्यक्रममा मनोपरामर्शकर्ता विना कडारीले लागूऔषधको कारण हुने डिप्रेशन, एन्जाइटी, व्यवहारिक परिवर्तन, पारिवारिक सम्बन्धमा पर्ने प्रभाव र किशोर अवस्थाको संवेदनशीलताबारे सचेत गराएकी थिइन् ।

कार्यक्रममा सहभागीहरुले लागूऔषधविरुद्ध व्यक्तिगत र सामाजिक प्रतिवद्धता जनाएका थिए । मिथिला नगरपालिका वडा नं ७ का वडासदस्य गंगाबहादुर बानियाले यस्ता कार्यक्रमले युवाहरुमा चेतना अभिवृद्धि गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

लागूऔषधसम्बन्धि जनचेतनामूलक कार्यक्रमलाई विस्तार गर्दै मिथिला नगरपालिकाका विभिन्न वडामा सञ्चालन गरिने योजना रहेको संजालकी उपाध्यक्ष सरस्वती लामाले बताइन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर