काठमाडौं- नेपालमा थप ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९८० संक्रमित थपिएको जानकारी दिए ।
जसमा २९० महिला र ६९० पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको १७ संख्या २७ हजार रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ८१४ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २८ हजार ९४१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६३ प्रतिशत रहेको छ ।