document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 868;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
विराटनगर- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप दुई कोरोना संक्रमितको बिहीबार दिउँसो मृत्यु भएको छ ।
सप्तरीको राजविराज नगरपालिका– ७ का ५० र ५५ वर्षका पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनीहरुको मृत्यु बिहीबार दिउँसो करिब एक घण्टाको अन्तरमा भएको हो । ५५ वर्षीय पुरुषको सवा १ बजे र ५० वर्षका पुरुषको दिउँसो २ बजे भएको हो ।
५५ वर्षीय पुरुष ७ भदौमा प्रतिष्ठानमा भर्ना भएका थिए । उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो । उनलाई छिन्नमस्ता अस्पताल सप्तरीले प्रतिष्ठानमा रेफर गरेको थियो ।
५० वर्षीय पुरुषलाई बिहीबार दिउँसो ल्याइएको थियो । बिहीबार दिउँसो १ः २० मा भर्ना भएका ५० वर्षीय पुरुषको २ बजे मृत्यु भएको प्रवक्ता सापकोटाले बताए । ‘समन्वय नगरी आउनु भएको थियो’ उनले भने ‘अवस्था गम्भीर थियो ।’
उनमा श्वासप्रश्वासमा समस्या र ज्वरो देखिएको थियो । चार दिनयता सिकिस्त बिरामी भएका उनी मधुमेहको रोगी रहेको पनि सापकोटाले बताए ।
साभारः अनलाइनखबर









