विशेष रिपोर्ट

विद्यालय भवन निर्माण गर्न जग्गादाता खोज्दै बटेश्वर गाउँपालिका

657 Shares बटेश्वर— धनुषाको बटेश्वर गाउँपालिका–३ मा अवस्थित श्री जनशक्ति माध्यमिक विद्यालयको भवन निर्माणका लागि आवश्यक पर्ने करिब १२ कठ्ठा जग्गा निःशुल्क रुपमा उपलव्ध गराउने […]
[sharethis-inline-buttons]
विद्यालय भवन निर्माण गर्न जग्गादाता खोज्दै बटेश्वर गाउँपालिका
657
Shares
  • विजय कुमार दास

बटेश्वर— धनुषाको बटेश्वर गाउँपालिका–३ मा अवस्थित श्री जनशक्ति माध्यमिक विद्यालयको भवन निर्माणका लागि आवश्यक पर्ने करिब १२ कठ्ठा जग्गा निःशुल्क रुपमा उपलव्ध गराउने सम्बन्धमा गाउँपालिकाले सूचना जारी गरेको छ । गाउँपालिकाको कार्यपालिका कार्यालयले निर्णय गरी २०८२ जेठ १९ गते सूचना सार्वजनिक गरेको हो ।

विद्यालय नजिकको क्षेत्रमा रहेका जग्गाधनीहरूलाई ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न अनुरोध गरिएको छ । प्रस्तावमा जग्गा धनीको निवेदन, नागरिकताको प्रतिलिपि, लालपुर्जा, नापी नक्सा, कर तिरेको प्रमाणजस्ता कागजात संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ ।

यस सम्बन्धमा थप जानकारीका लागि बटेश्वर गाउँपालिका कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर