• विजय कुमार दास

बटेश्वर— धनुषाको बटेश्वर गाउँपालिका–३ मा अवस्थित श्री जनशक्ति माध्यमिक विद्यालयको भवन निर्माणका लागि आवश्यक पर्ने करिब १२ कठ्ठा जग्गा निःशुल्क रुपमा उपलव्ध गराउने सम्बन्धमा गाउँपालिकाले सूचना जारी गरेको छ । गाउँपालिकाको कार्यपालिका कार्यालयले निर्णय गरी २०८२ जेठ १९ गते सूचना सार्वजनिक गरेको हो ।

विद्यालय नजिकको क्षेत्रमा रहेका जग्गाधनीहरूलाई ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न अनुरोध गरिएको छ । प्रस्तावमा जग्गा धनीको निवेदन, नागरिकताको प्रतिलिपि, लालपुर्जा, नापी नक्सा, कर तिरेको प्रमाणजस्ता कागजात संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ ।

यस सम्बन्धमा थप जानकारीका लागि बटेश्वर गाउँपालिका कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Skip